लक्ष्मी भट्ट अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा पहिलो महिला नेपाली रेफ्री


काठमाडौं । नेपालकी लक्ष्मी भट्ट अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा पहिलो महिला नेपाली रेफ्री भएकी छिन्। नेपालमा पनि दर्जनौँ खेलमा रेफ्रिको भूमिका निर्वाह गरेकी लक्ष्मी लामो समय नेपालको राष्ट्रिय टोलीमा समेत रहेकी थिइन्।
न्यु साउथ वेल्स प्रतियोगितामा समेत रेफ्रीको भूमिका निर्वाह गरेकी लक्ष्मीले सन् २०२२ मा भएको अस्ट्रेलियन ओपनमा काँस्य पदक जितेकी थिइन्। च्याम्पियनसिपमा नेपालका दिवस श्रेष्ठले स्वर्ण पदक जिते। उनले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।
दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जिते । दिवसले घरेलु भूमिमा यसअघि सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेका थिए ।
त्यस्तै नेपालले थप चार कांस्य पदक जितेको छ। ६७ केजीमुनिको तौल समूहमा नवीन रसाइली र राजीव पुडासैनीले कांस्य जिते ।
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...