ओलीको आरोप : नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवाता गरेकै उनैले हो कि ?


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवाता गरेकै उनैले हो कि भनेर आरोप लागएका छन् । आइतबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुरा उठाएर छानविन थालेकै उनले हो कि भनेर आरोप लागएका हुन् ।
ओलीले भने, ‘एउटा कुरो जसरी एमालेका विरूद्ध क्याम्पेन लान खोजिँदैछ, यस प्रसंगमा, व्यक्ति कोही दोषी होलान्, म जान्दिनँ, पछि तथ्यहरूले बताउँलान् तर एमालेलाई जसरी घचेट्न खोजिँदैछ, त्यो दुष्प्रयास कसैले नगरे हुन्छ।’
उनले गत वर्षदेखि नै आफ्नो पार्टीको सांसदहरुले संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको बताएका छन् ।
उनले भने, ‘मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ । म झुक्दिनँ पछि हट्दिनँ । कसले दबाब दियो तपाईलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु । मैले कसैको छानविन नगर्नुस् भनेको छैन । कडा साथ कारवाही गर्नुस् ।’
‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवाता गरेकै उनैले हो कि ? कुरा उठाएर छानविन थालेकै उनले हो कि ? भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन् । तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिल्याऔं उनैको आविष्कार जस्तो गर्दैछन्। हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं,’ उनले भने ।
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...
‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...
नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । ...
जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...
दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...