पत्रकारको सुरक्षाका लागि सरकार पूर्ण रुपमा प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्रिय पत्रकारिकता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आईतबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको स्पष्ट पारे ।

उनले सबै प्रकाकारका सञ्चार माध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभुति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताए । प्रधानमन्त्री दाहालले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको बताए ।

उनले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरुको लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको पनि बताए । उनले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखि एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि बताए । प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको बताए ।

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

.