समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ : मन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताएकी छन् ।
आइतबार गोरखापत्र संस्थानको १२३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा शर्माले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरुको भूमिका आवश्यक रहेको बताएकी हुन् । उनले सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट भएका कामहरुको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने बताइन् ।
मन्त्री शर्माले सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनता समक्ष पुयाउन सके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने पनि बताइन् । नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महशुस गरिरहेको र आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको जानकारी दिइन् ।
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...