प्रधानमन्त्री महिनाको एकपटक संसद्मा अनिवार्य सहभागी हुनुपर्ने


काठमाडौं । प्रधानमन्त्रीले महिनाको कम्तीमा एकपटक संसद्मा प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो हप्ता प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएको थियो । प्रमुख सचेतक, नेकपा माओवादी केन्द्रबैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आजको एकाई व्यवस्था परामर्श समितिको बैठकमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने बारेमा छलफल भएको बताएका छन् ।
उनले बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउने बारेमा छलफल भएको बताएका हुन् । उनले भने, सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो, सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, यसलाई इ।हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ । बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ । संसदलाई प्रभाकारी बनाउन अनिवार्य रुपमा महिनाको एक पटक प्रधानमन्त्रीले आएर सभामा जवाफ दिनुपर्ने कुरामा छलफल गरेका छौँ ।’
सांसद खतिवडाले सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएकाले इलेक्ट्रिक हाजिरीको व्यवस्थाका बारेमा बैठकमा छलफल भएको बताए । संसदमा विद्युतीय हाजिरीको व्यवस्थाका बारेमा छलफल कार्य व्यवस्था परामर्श समितिमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारेमा छलफल भएको छ ।आईतवार अपरान्ह ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्दैछ ।
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...
नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता
काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । नेकपा...
वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने प्रसाईंको घोषणा
काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने प्रसाईंको घोषणा गरेका छन् । मंसिर ७...
एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्ने भएको छ । एकीकृत समाजवादीले आगामी माघ महिनामा गर्ने...