‘पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानु पर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

भक्तपुर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं नवनिर्वाचित सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबमा शनिबार आयोजित संवाद कार्यक्रममा अध्यक्ष यादवले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानविन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले मुलुकले अत्यन्तै आर्थिक संकट बेहारिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रीत गर्नुपर्ने सुझाव पनि दिए ।

अध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले एक प्रसंगमा भने, ‘सरकारको स्थिरताविना मुलुकको आर्थिक, सुशासन र समृद्धि प्राप्त नहुने भएकाले सत्तामा रहेका राजनीतिक दलहरूले मुलुक र जनताको हितमा परिवर्तनमुखी काम गर्नु पर्दछ ।’

अध्यक्ष यादवले वर्तमान आर्थिक संकटको समाधानका लागि सरकारले आफ्नो आर्थिक नीतिमा परिवर्तन गरेर जानुपर्ने आवश्यकता औंल्याए । यादवले भने, ‘व्यापारीहरूले घरमा थुपारिराखेको भनिएको रकम बाहिर ल्याउन सरकारले अर्थ नीतिमा परिवर्तन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्दछ । साथै राजश्व अभिवृद्धि गर्न भंसार नीतिमा पनि पुनरावलोकन गर्नुपर्छ ।’

सांसद यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर समाधानमुखी सम्बोधन गर्नुपर्ने कुरामाथि जोड दिए । उनले शिक्षा क्षेत्र अहिले जर्जर रहेकाले स्वदेशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर नेपाली विद्यार्थीलाई विदेशमा पठाउने कार्य गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बर्ष २०८१ को शुभकामना सन्देश दिएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री दाहालले स्वदेश...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८१ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...

.