नक्कली शरणार्थी प्रकरण’मा संलग्नलाई कारबाही हुन्छ, सरकार ढल्दैन : महरा


काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।
पूर्वसभामुख समेत रहेका महराले सरकार भित्र भएपनि वा बाहिर भएपनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन् । उनले सो प्रकरणमा संलग्नहरुलाई कारवाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने पनि उल्लेख गरे ।
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दावी समेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको तर्क थियो ।
उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको समेत भन्दै त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...
कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन छाड्नुपर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित...
राज्यव्यवस्था समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरण बारे प्रधानमन्त्रीसँग जानकारी लिने
काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरण बारे...
यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय
काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार...
पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ सुरु
काठमाडौं । सरकारले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । आज सिंहदरवारमा...