नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : बालकृष्ण खाण

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

शनिवार विज्ञप्ति जारी गर्दै खाणले आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा आफुलाई मुछ्ने काम गरेको भन्दै यसमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ, आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा खाणको पनि नाम मुछिएको छ ।

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मन्त्रालयको बजेट पुनःलेखन गर्नु पर्छ : सांसद् लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । आज संसद्‍ भवन परिसरमा सञ्चारकर्मीसँग...

विराजभक्तलाई राजीनामा दिने भन्दा पनि आशा जगाउने गरी काम गर्न सांसद् बस्नेतकाे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद् मोहन बहादुर बस्नेतले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई राजीनामा दिने भन्दा पनि आशा...

‘युवा पुस्तामा निराशा छाएको छ’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् ।  ...

एमाले सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार गर्नुपर्छ : सांसद् ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले नेकपा एमालेका सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार...

क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारलाई सांसद् चौधरीलकाे आग्रह

काठमाडौं । एकीकृत समाजवादीका सांसद् मेटमन्त्री चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्...

.