सडक आश्रित मानव मुक्त नेपाल बनाउन सक्दो प्रयत्न गर्छु : मन्त्री श्रेष्ठ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् ।

शनिबार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पुर्याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएको हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज/भोली नै गराउने पनि बताए । उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बर्ष २०८१ को शुभकामना सन्देश दिएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री दाहालले स्वदेश...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८१ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...

.