कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको डब्लूएचओको घोषणा


काठमाडौं । कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले घोषणा गरेको छ । डब्लूएचओले ३० जनवरी, २०२० मा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।
यो घोषणा कोरोना महामारी समाप्तितर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । तर धेरै देशहरूले कोभिड-१९को संकट समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । कोभिड-१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांकले बताउँछ ।
‘ठूलो आशाका साथ म कोभिड-१९को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु,’ डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् ।
‘हिजो, आपत्कालीन कमिटीको १५औं बैठक बस्यो र त्यसले मलाई विश्वव्यापी चासोको सार्वजनिक स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्न सिफारिस गरेको थियो । मैले त्यो सल्लाहलाई स्वीकार गरेँ । त्यसअनुसार ठूलो आशाको साथ म कोभिड १९ विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्दछु,’ डा टेड्रोसले भने ।
कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...