शहीद स्मारक ए डिभिजन लिग : जावालाखेल युथ र एफसी खुमलटारबीच प्रतिस्पर्धा


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुने भएको छ । दोस्रो लिगअन्तर्गत आज सुरु हुने दोस्रो चरणका खेलमा जावालाखेल युथ र एफसी खुमलटारबीच दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
शीर्षस्थानको जावलाखेल आजको खेलमा खुमलटारलाई पराजित गर्दै दोस्रो स्थानको चर्चब्वाईजसँग अंकदूरी बढाउने लक्ष्यमा छ । जावलाखेलले १४ खेलबाट २४ अंक जोड्दा दोस्रो स्थानको चर्चब्वाइजको पनि समान २४ अंक छ । १४ अंकसहित पुछारमा रहेको खुमलटार पनि आजको खेलमा जित निकाल्दै ‘रेलिगेसन जोन’बाट माथि उठ्ने लक्ष्यमा छ ।
यस्तै दिउँसो ४ बजे दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। लामो समय रेलिगेसन जोनमा रहेको पुलिस हाल १५ अंकसहित १२औँ स्थानमा छ । उसले आजको खेलमा हिमालयन शेर्पालाई पराजित गर्दै कम्तीमा नवौँ स्थान सुरक्षित गर्न चाहन्छ । १७ अंकसहित दशौँ स्थानमा रहेको हिमालय शेर्पा पनि आजको खेलमा जित निकाल्दै ८औँ स्थानमा पुग्ने योजनामा छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...