नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

बिहीबार राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ ।

दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिएका छन् । दुवै देशका राजदूतले दौत्यसम्बन्ध स्थापनाले राष्ट्रसंघलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुईपक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताएका छन् ।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाऊरु प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर-पूर्वमा अवस्थित देश हो ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बर्ष २०८१ को शुभकामना सन्देश दिएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री दाहालले स्वदेश...

दिल्ली क्यापिटल्ससँग लखनउ ६ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्ससँग लखनउ सुपर जाइन्ट ६ विकेटले पराजित भएकाे छ...

.