पूर्वराजा ज्ञानेन्द्र आज १० दिने भारत भ्रमणमा जाँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) १० दिने भारत भ्रमणमा जाँदैछन् । दुई महिनाको बीचमा उनी दोस्रोपटक भारत जान लागेका हुन्।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्व राजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन् ।

पूर्वराजा शाहसँगै रानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको पूर्वराजाका सम्बाद सचिव फणीन्द्र राज पाठकले जानकारी दिए। पूर्व युवराज पारस भने निर्मल निवासमै रहने जनाइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका हुन् । ज्ञानेन्द्रले लखनउमै १० दिन बिताउने बताइएको छ।

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१७ र यू-२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ...

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

.