विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्न सर्वोच्चकाे आदेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज (बिहीबार) यस्तोआदेश जारी गरेको हो ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि यस्ताे आदेश जारी गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ ।

२०७६/३/२ मा राजपत्रमा प्रकाशित गर्दै तरकारी तथा फलफूलमा प्रयोग हुने विषदीको अवशेष मापन गर्नुपर्ने निर्णय कार्यन्वयन गर्न आवश्यक कार्ययोजना बनाउन इजलासबाट आदेश भएको हो ।

इजलासबाट नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी परीक्षण भन्सार विन्दुमा नै पैठारी गर्नेसम्बन्धी सरकारको निर्णय कार्यन्वयन गर्ने सन्दर्भमा विन्दुहरुलाई प्रयोगशाला स्थापना गर्ने विषयको कार्ययोजना बनाउन आदेश दिएको छ ।

कृषि क्षेत्रमा प्रस्ट नीति नबनेको कारणले गर्दा कृषि क्षेत्रमा समस्या देखियो : बेमुराद भुसाल

काठमाडौं ।  कृषि  तथा पशुपक्षी विकास मन्त्री डा. बेमुराद भुसालले कृषि क्षेत्रमा प्रस्ट नीति नबनेको कारणले गर्दा कृषि क्षेत्रमा...

प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट कृषकलाई सम्मान गर्ने अभियानको सुरुवात

कैलाली । नेपाल कृषि प्रधान देश हो । तर, खेती योग्य अधिकांश जमिन बाँझो छ । जसका कारण बर्सेनि...

व्यवस्थित कुलो नहुँदा सिचाइमा समस्या 

कास्की ।  कास्कीको पोखरा महानगर पालिका वडा न। १५ मा रहेका किसानहरूले व्यवस्थित सिचाइ को कुलो नहुँदा बर्सेनि दुख...

राष्ट्रिय किसान सन्जालद्वारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन घोषणा गरेको छ ।  पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले लम्पी...

दोलखाको सैलुङ गाउँपालिकाद्वारा राजनीतिक दलका शीर्ष नेतालाई आलु उपहार  

काठमाडौं । आलु खेती प्रवर्द्धनको लागि दोलखाको सैलुङ गाउँपालिकाका किसानले  विभिन्न राजनीति दलका शीर्ष नेतालाई कोसेलीको रूपमा आलु उपहार...

लम्पी स्किनले चाँगुनारायणका ८० प्रतिशत गाई संक्रमित

काठमाडौं । लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् । गाईभैँसीमा फैलिएको उक्त...

.