कार्यालयमै तास खेल्दै महानगर प्रहरी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो ।

कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ छन् । बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन् ।

तास खेलिरहेको उनीहरुको तस्वीर बुधबार दिउँसोको भएको महानगरपालिका स्रोतले जनाएको छ ।कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिकाले जनाएको छ ।

पूर्व शिक्षकको ढुङ्गा प्रहार गरी हत्या

काठमाडौं । कञ्चनपुरमा एकजना पूर्व शिक्षकको ढुङ्गा प्रहार गरी हत्या गरिएको छ । बेलौरी नगरपालिका ६ बस्ने ६३ वर्षीय...

वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ

काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन् । सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार...

खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं । खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।   दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३१ वर्षीय...

श्रीलंकन नागरिकलाई बन्धक बनाउने ४ जना पाकिस्तानी पक्राउ

काठमाडौं । श्रीलंकन नागरिकलाई बन्धक बनाउने ४ जना पाकिस्तानी पक्राउ परेका छन् । जुबेर अम्जाद, शाहजेहान तानबीर, मलिक अब्दुल...

बाँकेको खजुरामा श्रीमान्-श्रीमती घाँटी रेटिएको अवस्थामा भेटिए

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान्-श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।   जिल्ला प्रहरीका अनुसार खजुरा-३ बिगाउँका...

लुटपाटमा संलग्न दुइ जना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा दुइ जना पक्राउ परेका छन् ।   तार्केश्वर नगरपालिका -६ बस्‍ने २७ वर्षीय...

.