महानगरको पक्षमा अदालतको फैसला, ४ वटा विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुल्यो

स्टार संवाददाता
स्टार संवाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा अ‌ंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठनपाठन गर्न पाउने मनसायले महानगरले ४ वटा विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यस अघि गरेको अल्पकालिन आदेस खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो ।

अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेस दिँदै बिहीबारका लागि छलफलमा बोलाएको थियो ।

बिहीबार दुबै पक्षको बहस पछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो ।

पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनबिरुद्ध अभिनय गुप्ताले वीरगञ्ज महानगरसहितलाई बिपक्षी बनाई उच्च अदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराएका थिए ।

बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिर कुमार कर्णले बहस गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।

भर्ना अभियान आजदेखि सुरू

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ अन्तर्गत विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता,...

त्रिविकाे रेक्टरमा खड्क र रजिष्ट्रारमा केदार नियुक्त

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।   त्रिविका...

उपकुलपतिले घुर्की लगाएर बिदा बस्दा त्रिविको काम प्रभावित

काठमाडौं । उपकुलपति बिदामा बस्दा त्रिभुवन विश्वविद्यालयको सेवा प्रवाहमा समस्या आएको छ । स्वास्थ्यको कारण देखाएर उपकुलपति केशरजंग बराल दुई...

शैक्षिक कार्यक्रम विकास गर्न खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । खेलकुदसम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ...

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ प्रतिवेदन ६ वर्षपछि सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४’ को प्रतिवेदन आज सार्वजनिक गरेको छ ।...

प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन मन्त्री श्रेष्ठकाे आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गरेकी छन् ।...

.