मेची भन्सार भित्र बाटै खुलेआम बिना चेक जाँच लाखौँ तस्करी !


झापा । मेची भन्सार भित्रै बाट लाखौँ मूल्य बराबरको सामान अवैध रूपमा खुलेआम तस्करी हुने गरेको रहस्य खुलेको छ । आज बिहान ६स्२७ मा भारतबाट नेपाल भित्रिएको भारतीय सवारी खाली भन्दै भन्सारबाट छोडे पछि त्यो सवारी काली खोलामा पक्राउ परेसँगै यस विषयको रहस्य सार्वजनिक भएको हो ।
पक्राउ परेको भारतीय सवारीले खाली सवारी बाहेक अन्य कुनै सामानको भन्सार तिरेको देखिदैन् । तर सवारी भित्र अवैध रूपमा सामान सहित ट्रक र १ जना मानिस नियन्त्रण आएपछि भन्सारका कर्मचारीको कर्तुत बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ स्थित काली खोला छेउमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको WB73A 4266 नं. को भारतीय ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटी निस्किएकोमा शङ्का लागी चेकजाँच गर्दा अवैध रूपमा भन्सार छली ट्रकको केबिन, छत र अन्य विभिन्न ठाउँहरूमा समेत लुकाई नेपाल तर्फ ल्याउँदै गरेको स्मार्ट मोबाइल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र राधे राधे लेखिएको गम्छा कपडा ३७८० पिस गरी करिब दस लाख ९० हजार १ सय ७० बराबर को अवैध सामान र १२ लाख बराबरको ट्रक समेत गरी जम्मा २२ लाख ९० हजार १७० भन्सार बुझाएको छ ।
प्रहरीले गोप्य सूचनाको आधारमा बराबरको सामान, ट्रक र ट्रक चालक देश भारत जिल्ला जल्पाईगुडी बुलेट पञ्चायत थाना कर्तनी बस्ने वर्ष ३८ को निरञ्जन राय समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइए जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।
यस विषयमा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले यस विषयमा अनुसन्धान सुरु भएको बताए । थप कुरा अनुसन्धान बाट थाहा हुने भन्दै यदि कर्मचारी संलग्न भए कारबाही हुने बताए । भन्सार भित्र बाट भित्रिएका सवारी साधना बिना चेकजाँच छोड्दा यसरी खुलेआम अवैध तस्करी हुनुमा कर्मचारी देखि माथिल्लो निकाय सम्मको संलग्नता हुन सक्ने स्रोत बताउँछ ।
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...