‘रविलाई सरकारमा ल्याउँदा राम्रो हुन्छ’ : माधव नेपाल

स्टार संवाददाता
स्टार संवाददाता

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताएका हुन् ।

उनले भने, ‘छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यही बेलामा लागू हुने अवस्थामा भएपनि निर्वाचनको कारणले रोकियो । अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन् । गठबन्धनमा सामूहिक छलफल भएपछि टुंगिन्छ । अहिलेसम्म फाइनल भएका छैन ।’

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्केपनि नागरिकता र राहदानीको दुरुपयोग विषयमा प्रभाव पार्न नमिल्ने उनको तर्क छ ।

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...

नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।  ...

जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...

.