नक्कली शरणार्थी प्रकरणमा गगन भन्छन्-‘संलग्न जुनसुकै शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका छन् । बिहिबार थापाले सामाजिक सन्जालमा लेख्दै नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन ।’

थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता

 काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।   नेकपा...

वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने प्रसाईंको घोषणा

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने प्रसाईंको घोषणा गरेका छन् ।   मंसिर ७...

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्ने भएको छ ।   एकीकृत समाजवादीले आगामी माघ महिनामा गर्ने...

.