चीनको एक रासायनिक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु, एक जना बेपत्ता


काठमाडौं । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ ।
यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ ।
विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।
भारतका चार राज्यमा विधानसभा निर्वाचनको मतगणना सुरु
काठमाडाैं । भारतका चार राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । अहिले राजस्थान,मध्य प्रदेश,तेलंगना र छत्तीसगढको मतगणना...
इंग्लिस प्रिमियर लिग : आर्सनलसँग वल्भ्स पराजित
काठमाडौं । इङ्लिस प्रिमियर लिगको खेलमा आर्सनलसँग वल्भ्स पराजित भएको छ । गएराति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
गाजामा पुनः आक्रमण सुरु,१ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु
काठमाडाैं । साता दिने अस्थायी युद्धविराम अन्त्य भएसँगै इजरायली सेनाले दक्षिण गाजापट्टी पुन आक्रमण सुरु गरेकाे छ । ...
साउदी प्रो लिगमा अल हिलालकाे जित
काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...
आज विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौं । आज ३६औँ विश्व एड्स दिवस । नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १...