पूर्व राजा ज्ञानेन्द्र शाह बाँकेमा, भव्य नागरिक अभिनन्दन, एकजुट हुनुको विकल्प नरहेको उल्लेख

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानको भ्रमणमा रहेर धार्मिक स्थलका साथै नागरिक अभिनन्दनमा सहभागी पूर्व राजा ज्ञानेन्द्र शाह यति वेला बाँके पुगेर अभिनन्दनमा सहभागी भएका छन् । अभिनन्दपछि आफ्नो वक्तव्य व्यक्त गर्दै शाहले मुलुकको पछिल्लो अवस्था र दलहरूले खेलेको भूमिकाका विषयमा चिन्ता व्यक्त गरेका छन् ।

उनले मुलुकमा अपार सम्पदा र अवसर हुँदा हुँदै पनि काम खोज्नका लागि अर्काको मुलुकमा भौँतारिनुपर्ने दुःखद पक्ष रहेको उनको भनाई छ । साथै उनले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको यो भूभाग परिबन्दले हामीबाट केही समय गुमे पनि कालान्तरमा त्यो हामी भित्रै समाहित भन्दै त्यसप्रति गौरव समेत गरेका छन् । नेपालको यो स्थापित पुरानो सहरमा पाइला टेकेपछि आफूलाई परम आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आएको भन्दै आजभन्दा चौसट्ठी वर्ष अघि यही भूमिमा उभिएर हाम्रा स्वर्गवासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन गरेको स्मरण समेत गरे ।

देश बनाऊँ देशवासीको अवस्था सुधाऔ, व्यवस्था र पद्धति बसालौँ, जनतालाई शान्ति, सुख समृद्धि दिऊँ भन्दै आफूहरूको धारणा रहेको बताए । नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति भई पनि वर्तमान अवस्थामा त्यो नदेखिएकोप्रति शाहको गुनासो थियो ।साथै पूर्व राजा शाहले विक्रम सम्मतको दुई हजार दशको दशक देखि चालीसको दशकसम्म महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा सहरी विकास शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मुलुकी ऐन, भूमि सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कामहरू रहेको जुन अहिले पनि त्यतिकै महत्वका रहेको बताएका छन् ।

अब राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठ्नुपर्ने बेला आएको त्यसका लागि आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्न समेत शाहको आग्रह थियो । साथै उनले आपस आपसमा मिलेर बस्ने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नु पर्ने र विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय दिनुपर्नेमा पनि जोड दिएका छन् ।

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।   आज...

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द गरिने भएको छ ।   मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

पशुपति मन्दिरको भेटी चोरी प्रकरण : चारजनालाई पुर्पक्षको लागि थुनामा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ...

.