झापाको होल्डिङ्ग सेन्टर सञ्चालनमा ढिलाइ, २८ करोडको लगानी अलपत्र

स्टार संवाददाता
स्टार संवाददाता

झापा । निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा समेत झापाको होल्डिङ्ग सेन्टर सञ्चालनमा आउन सकेको छैन । कोभिढ १९ का बेला नेपालको पूर्वी नाका काँकरभिट्टा हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी सरकारले मेचीनगर –१४ दुहाढगीस्थित हडिया खोला किनारमा सो होल्डिङ्ग सेन्टर निर्माण गरेको थियो ।

२८ करोडको लगानीमा निर्माण गरिएको उक्त होल्डिङ सेन्टर निर्माण सम्पन्न भएको आठ महिना बिति सक्दा समेत अझै सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीका लागि बनाइएको भएतापनि अहिले अवस्था सामान्य छ । कोरोना महामारी नभएको अहिलेको सामान्य अवस्थामा होल्डिङ सेन्टरको प्रयोग बैकल्पिक रुपमा भएपनि अन्य कार्यकालागि प्रयोगमा ल्याउनुपर्ने स्थानीय बताउँछन् ।

नेपाली सेनाको रेखदेख र संरक्षणमा चार विगाह क्षेत्रफलमा एक हजार जना अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की भवन बनाइएको छ । १४ वटा क्वारेन्टिन, दुई वटा डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, १२ वटा डाइनिङ हल, दुई वटा एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ वटा शौचालय लगायतका संरचनाहरु निर्माण सम्पन्न भई प्रयोगका लागि तयारी अवस्थामा रहेको छ ।

राज्यको करोडौं रकम खर्चेर बनाइएको होल्डिङ सेन्टर सहि तरिकाले समयमा नै प्रयोगमा ल्याउनु राज्यको दाईत्व भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । सरकारले झापासहित तराईका आठ नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण कार्य अगाडी बढाएको थियो । अहिले कोरोना संक्रमणको अवस्था सामान्य भएपछि यस होल्डिङ सेन्टरलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा गृहकार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने बताउँछन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहरको समयमा हुलकाहुल भारतीय क्षेत्रबाट पूर्वीनाका काँकरभिट्टा हुँदै भित्रिएका नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्याभएको थियो । त्यसलाई मध्यनजर गर्दै नेपाल सरकारले गत पुस मसान्त भित्रमा निर्माण कार्य सक्ने गरी होल्डिङ सेन्टरको निर्माण सम्पन्न गर्र्न नेपाली सेनालाई जिम्मालगाएको थियो । राज्यले आपतकालीन समयमा करोडौं रकम लगाएर निर्माण गरिएको होल्डिङ सेन्टर निर्माण सम्पन्न भएर तयारी अवस्थामा रहेको महिनौं बितिसक्दा समेत यसको प्रयोगमा राज्यले चासो दिएको देखिन्दैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस ।

कोशी प्रदेश सभामा एक वर्षमा ८ वटा कानून निर्माण, २० करोड ५४ लाख खर्च

काठमाडौं । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठ वटा विधेयक पारित गरेको छ । गत वर्षको...

कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।   एमाले- राप्रपा गठबन्धनका...

राष्ट्रिय सभा निर्वाचन : कोशीमा कांग्रेसका सिटौला पछाडि पर्दै राप्रपाका पौडेल अगाडि

काठमाडाैं । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाको मत गन्दा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपा उम्मेदवार उद्धव...

राष्ट्रिय सभा निर्वाचन : कोशी र सुदूरपश्चिममा मतगणना सुरु

काठमाडाैं । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु भएको छ ।   सुदूरपश्चिममा मतगणना सुरु...

सभामुख चयनसँगै काेशी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडाैं । कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मंगलबार सभामुखको निर्वाचनपछि...

कोशीको सभामुखमा अम्बर विष्ट निर्विरोध निर्वाचित

काठमाडाैं । राप्रपा सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभाको बैठकबाट आज उनी...

.