ए डिभिजन लिग : दुई खेल दशरथ रंगशाला र एक खेल च्यासन मैदानमा हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुने भएको छ । दुई खेल दशरथ रंगशाला र एक खेल च्यासन मैदानमा हुने भएको हो ।

दिउँसो ३ बजे दशरथ रंगाशालामा हुने खेलमा चर्च ब्वाइज र फ्रेण्डस् क्लबीच प्रतिस्पर्धा हुने छ । आजको खेलमा चर्च ब्वाइज छैटौँ जितको खोजीमा हुँदा फ्रेण्डस् क्लब पाँचौँ जितको खोजीमा रहने छ । जारी खेलमा चर्च ब्वाइज २१ औं स्थानमा रहँदा फ्रेण्ड्स १५ औँ स्थानमा रहेको छ। यस्तै दशरथ रंगशालामै ६ बजे नेपाल आर्मी र मनाङ मर्स्याङ्दी भिड्ने छन् ।

नेपाल आर्मी आज छैटौँ जितको खोजीमा हुँदा मनाङ पाँचौँ जितको लक्ष्यमा हुनेछ । त्यस्तै च्यासल फुटबल मैदानमा हिमालयन शेर्पा र सातदोबाटोबीच खेल हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१७ र यू-२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ...

टी-२० विश्वकप : अस्ट्रेलियासँग स्कटल्यान्ड पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको खेलमा अस्ट्रेलियासँग स्कटल्यान्ड पराजित भएको छ । आज आइतबार भएको समूह बी...

टी-२० विश्वकप : स्कटल्यान्डले अष्ट्रेलियालाई दियाे १८१ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको खेलमा स्कटल्यान्डले अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस...

इटालीसँग अल्बानिया पराजित

काठमाडौं । युरोकप फुटबल २०२४ मा इटालीसँग अल्बानिया पराजित भएको छ ।   गएराती जर्मनीको सिग्नल इडुना पार्कमा भएको...

टी-२० विश्वकप : इंग्ल्याण्डसँग नामिबिया पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको खेलमा इंग्ल्याण्डसँग नामिबिया पराजित भएको छ । गएराति भएको खेलमा इंग्ल्याण्डसँग नामिबिया...

युरो कप २०२४ : जर्मनीको विजयी सुरुवात

काठमाडाैं । युरो कप २०२४ मा जर्मनीले सानदार विजयी सुरुवात गरेकाे छ ।   म्युनिखस्थित एलिएन्ज उरेनामा गएराति भएको...

.