सत्ता गठबन्धनको बैठक बुधबार दिउँसो बालुवाटारमा बस्ने


काठमाडौं । सत्ता गठबन्धनका प्रमुख दलको बैठक बस्ने भएको छ । बुधबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् । आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई साविककै मन्त्रालय दिएर सरकारमा ल्याउन पहल गरिरहेकाले आजको बैठकमा यो विषयमा पनि छलफल हुनेछ ।
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...
‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...
नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । ...
जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...
दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...