अमेरिकाको सिलिकन र सिग्नेचरपछि डुब्यो फर्स्ट रिपब्लिक बैंक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अमेरिकाको १४औं ठूलो फर्स्ट रिपब्लिक बैंक डुबेको छ । क्रिप्टोमा अत्याधिक लगानीका कारण संकटग्रस्त बनेको बैंक अमेरिकाको नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले स्वामित्व ग्रहण गरेको हो ।

जेपी मोर्गन फर्स्टले रिपब्लिक बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र र ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको छ । यसअघि अमेरिकामै मार्च महिनामा मात्रै सिलिकन भ्याली र सिग्नेचर बैंक टाँट पल्टिएको थियो । यता फर्स्ट रिपब्लिक टाँट पल्टिएपछि अमेरिकाको फेरेडल रिजर्भले अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको पुनः दावी गरेको छ ।

बचतकर्ताहरूले रकम झिक्न थालेपछि रिजर्भले वित्तीय बजारलाई स्थायित्व दिन आपत्कालीन कदम चालेको छ । मार्चमा सिलिकन भ्याली र सिग्नेचर बैंकको पतनले अमेरिकाको मात्र नभई विश्वकै बैंकिङ उद्योगमा ठूलो डर पैदा गरेको थियो । फेरि अर्को बैंकको पतनले विश्वको बैंकिङ उद्योगलाइ नै झड्का दिएको छ ।

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...

गाजामा पुनः आक्रमण सुरु,१ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

काठमाडाैं । साता दिने अस्थायी युद्धविराम अन्त्य भएसँगै इजरायली सेनाले दक्षिण गाजापट्टी पुन आक्रमण सुरु गरेकाे छ ।  ...

साउदी प्रो लिगमा अल हिलालकाे जित

काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि...

.