लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

स्टार संवाददाता
स्टार संवाददाता

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले पक्षमा ५३ मत र विपक्षमा २९ मत प्राप्त गरेका हुन् ।

चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिएका हुन् । त्यस्तै ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएन । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीमा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने  निर्वाचनमा सत्ता...

रक्षामन्त्री खड्का घाना प्रस्थान

काठमाडाैं । रक्षामन्त्री एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् ।   संयुक्त राष्ट्र संघको आयोजनामा हुन लागेकाे...

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाए पनि ३ आरोपी छुटेनन्

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आइतबार पनि  छुटेनन् ।...

यूएईमा मोदीले प्रचण्डलाई सोधे, भूकम्पपीडिलाई थप केही सहयोग गर्नुपर्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) का क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी...

मन्त्रिपरिषद् हेरफेर गर्नेबारे सोचेकै छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल मन्त्रिपरिषद् मन्त्रिपरिषद् हेरफेर गर्नेबारे केही नसोचेकाे बताएका छन् ।   जलवायु परिर्वतनसम्बन्धी सम्मेलन...

.