एसीसी प्रिमियर कप : नेपाल र यूएईबीचको खेल स्थगित, बाँकी खेल भोलि हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा वर्षाले रोकिए सँगै खेल स्थगित भएको हो ।

बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल भोलि यहि अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले सोमबार आज खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।

२८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् । भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

.