सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार निर्णय गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय गर्ने भएको छ । प्रवक्ता डा.मुकुल ढकालका अनुसार सरकारमा जाने कि नजाने भन्ने विषयमा शुक्रबारको बैठकले निर्णय गर्ने भएको हो ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै प्रवक्ता ढकालले सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साविकको मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखनका लागि पनि तयार रहेको ढकालले बताए ।

केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ आफ्नो धारणा राखेका थिए । एक केन्द्रीय सदस्यका अनुसार अधिकांशले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने बताएका एक नेताले बताए । तर पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश हुन्छ भने जान पनि सकिने उनीहरुको जोड थियो । उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता

 काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।   नेकपा...

.