‘प्रहरी समायोजन नहुँदा सुरक्षा व्यवस्था फितलो बन्यो’ : मुख्यमन्त्री यादव

स्टार संवाददाता
स्टार संवाददाता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा बढिरहेको भ्रष्टाचार, डकैती, चोरी, अपराध सहितको घटनाको जिम्मेवारी सङ्घीय सरकारले लिनुपर्ने बताएका छन् । आइतबार जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको समुद्घाटनमा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाउँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘भिआइपीहरूको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भिआइपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । म सभामुख थिएँ, गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटिदियो । म मुख्यमन्त्री भएर भर्खर गएको थिएँ बिहीबार । मेरै घरको दुई किलोमिटर बगलमा उपेन्द्र जीको विजय जुलुस आयो । म त्यहाँ गएँ । त्यो दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो । योभन्दा पहिले म सभामुख थिएँ । कुनै ठाउँमा घटना घट्थ्यो । प्रदेश सभा सदस्यले आवाज उठाउनु हुन्थ्यो, म रुलिङ गर्थे । पछि गृहमन्त्रीलाई सोध्दा त घटना थाहै हुँदैनथ्यो ।’

जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा विजय भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएको बेलामा पनि आफ्नो खल्तीबाट पैसा चोरिएको घटना यादवले सुनाए । सुरक्षा घेरा बिचमा रहने मुख्यमन्त्रीको गोजीबाट दिउँसै पैसा गायब हुनुले सङ्घीय सरकारको सुरक्षा व्यवस्थालाई प्रस्ट पारेको आरोप समेत लगाएका हुन् ।

उनले मिटर ब्याज पीडित भन्दा पनि आफू बढी पीडित रहेको बताए । उपप्रधान र गृहमन्त्रीलाई बिन्ती गर्दै मुख्यमन्त्री यादवले सङ्घीय सरकार कर्मचारी र प्रहरी समायोजन गरिदिए आफू २४ घण्टा भित्र प्रदेशमा सबै पीडितलाई न्याय दिलाएर दोषीलाई कालकोठलीमा बन्द गरिदिने बताएका हुन् ।

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ

काठमाडौं । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै मोसो दलिएको छ ।   क्रान्तिकारी...

.