देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको हो ।

पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको साथै भारतको तेलंगनाको उत्तरी भाग तथा छत्तीसगढको दक्षिण भागमा अवस्थित न्युन...

मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ९ डिग्री

काठमाडाैं ।  हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको साथै भारतको तेलंगनाको उत्तरी भाग तथा छत्तीसगढको दक्षिण भागमा अवस्थित न्युन...

यस्तो छ, आजको मौसम

काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको साथै भारतको तेलंगनाको उत्तरी भाग तथा छत्तीसगढको दक्षिण भागमा अवस्थित न्युन...

यस्तो छ, आजको मौसम

काठमाडौं । पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको आंशिक प्रभाव रहँदा कोशी र मधेस...

यस्तो छ, आजको मौसम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ । देशको उच्च...

एनएसएल : झापा र काठमाडौंबीचको खेलमा गोलरहित बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो संस्करणको खेलमा झापा एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन्...

.