रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले दिए राजीनामा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेता डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

रास्वपा सभापति रवि लामिछाने उपनिर्वाचनबाट सांसद पुनर्निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको सांसद पद गुमेपछि अर्याल संसदीय दलको नयाँ नेता चयन भएका थिए । उपनिर्वाचनबाट संसद्‌मा फर्किएपछि अर्यालले लामिछानेलाई संसदीय दलको नेता बन्ने बाटो खुला गरी राजीनामा दिएका हुन् ।

सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रूपमा आफूले उक्त जिम्मेवारी लिएको अर्यालको कथन छ । सोमबार बस्ने संसदीय दल बैठकले दलको नयाँ नेता चयन गर्ने बताइएको छ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.