बजेटमा अर्थमन्त्रीले आफूखुशी गर्न मिल्दैन : अर्थमन्त्री डा. महत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सानासाना योजना स्थानीय वा प्रदेश र ठूला योजना केन्द्र सरकारले हेर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको बताएका छन्।

विश्वभर यही अभ्यास रहेको भन्दै महतले केन्द्र सरकार अल्झिएर बस्न नहुने तर्क गरेका हुन् । दोलखा कांग्रेसका नेता देवीप्रसाद न्यौपाको दोस्रो स्मृतिसभामा उनले राष्ट्रिय गौरवका आयोजना मात्र हेर्नुपर्ने बताए । ‘राष्ट्रिय महत्त्वको सडक, जलविद्युत्, विमानस्थललगायत वकेन्द्र सरकारले हेर्ने हो’, उनले भने, साना स्थानीय वा प्रादेशिक महत्त्वका विकास योजना त्यहीँको सरकारले गर्ने हो।’

‘अर्थ मन्त्रालयसँग धेरैको अपेक्षा हुने भए पनि आफूखुशी गर्न नमिल्ने बताए। सम्बन्धित मन्त्रालयबाट आएका प्रस्तावलाई बजेटको सिलिङ दिने हो’, उनले भने, ‘अर्थमन्त्रीले आफूखुशी गर्न मिल्दैन । योजनाको प्रकृति हेरेर बजेटमा केही थपघट गर्ने भन्ने मात्रै हो ।’

उनले सरकार अहिले बजेटको तयारीमा लागेको भन्दै सुधारको आवश्यकता रहेको प्रतिक्रिया दिए । दोलखाको तामाकोसी-३ जफेमा जन्मेको स्व. न्यौपाने नेपाली कांग्रेसको पुराना नेता हुन् । उनको योगदान कांग्रेस पार्टीमा ठूलो योगदान छ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा रअजय शिवाकोटी लगायत नेताहरूको उपस्थितिथियो। कार्यक्रमको अध्यक्षता उद्धवराज काफ्लेले गरेका थिए।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.