राजस्व संकलन लक्ष्य अनुसार नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले यही अनुपातमा राजस्व उठ्दा चालु आवको बाँकी अवधिमा करिब दुई खर्ब राजस्व थपिने बताएका हुन् ।

कुल १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा सात खर्ब तीन अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुनु राम्रो नभएको उनको भनाइ छ ।

वैशाख १४ गतेसम्मको चालु खर्च सात खर्ब २७ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै सांसद पौडेलले चालु खर्च धान्न २४ अर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताए । चालु खर्च धान्नसमेत राजस्वको आर्जन पर्याप्त नहुनु अत्यन्त गम्भीर विषय भएको उनको भनाइ थियो ।

‘यो भनेको लक्ष्यको करिब ६४ प्रतिशत मात्रै हुन्छ, यो किन र कसरी भएको छ ? किन राजस्व क्षमतामा ह्रास आएको छ रु यस विषयमा सदनमा गम्भीर समीक्षा हुनु आवश्यक छ, आजका मितिसम्म सरकारले जम्मा नौ खर्ब ७६ अर्ब खर्च गरेको छ, खर्च र आम्दानीका बीचमा तालमेल देखिएन, त्यस्तै अनुदान ५५ अर्ब रुपैयाँ प्राप्त गर्ने भनेकामा रु पाँच अर्ब अर्थात् आठ दशमलव ६६ प्रतिशत पनि प्राप्त गर्न सकेका छैनौँ,’ उनले भने ।

दिगो एवं फराकिलो आर्थिक वृद्धिको कुरा गर्ने मुलुकमा चालु खर्च धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना हुने विडम्बनापूर्ण अवस्था रहेकामा सांसद पौडेलले सरकारको ध्यानाकर्षण गराए । वैशाख १४ गतेसम्म चालु खर्च लक्ष्यको ६१ दशमलव ५२ प्रतिशत र पुँजीगत खर्च लक्ष्यको ३० दशमलव ४९ प्रतिशत मात्र भएको उनले सुनाए ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.