कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

स्टार संवाददाता
स्टार संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र देवराज शाही एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए । शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । केन्द्रमा सत्ता फेरिएको फेरिएलगत्तै राप्रपा कर्णाली सरकारबाट बाहिरिएको थियो । राप्रपाकी कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

काठमाडाैं । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् ।   समाजवादी पार्टीले आज विज्ञप्ति जारी गरी...

‘बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् पशुपतिशमशेर जबराले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न...

सांसद् केसीको दाबी-संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् ।   आज बसेकाे प्रतिनिधिसभा...

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८९ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।   शनिबार साझाँ...

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिऔँ : सांसद् वाग्ले

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डा.स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव...

.