‘लडाकुलाई रकम बाँड्ने योजनाले राज्यमा भार त पर्छ नै, यसले पीडितहरूमा थप आक्रोश र पीडा जन्माउँछ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अयोग्य लडाकुलाई रकम वितरण गर्ने सरकारको निर्णय प्रति प्रतिक्रिया दिएका छन् । बिहान सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेखेर उनले मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको बेला, स्वास्थ्य बिमाको रकम भुक्तानी र सामाजिक सुरक्षा भत्ता समेत दिन नसकिरहेको बेला अयोग्य लडाकुहरूलाई रकम बाँड्ने कामले राज्यकोमा भार पर्ने बताएका हुन् । 

उनले भने, ‘प्रतिनिधिसभामा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन विधेयक निष्कर्षमा पुर्योउन छाडेर, यसका लागि पीडितहरूसँगको परामर्श, सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गर्न छाडेर, पीडितको न्याय र परिपूरणको अधिकारलाई केन्द्रबिन्दुमा राख्ने तथा दण्डहीनता अन्त्य एवं द्वन्द्वको पुनरावृत्ति हुन नदिने सुनिश्चित गर्न छाडेर, मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको बेला, स्वास्थ्य बिमाको रकम भुक्तानी र सामाजिक सुरक्षा भत्ता समेत दिन नसकिरहेको बेला अयोग्य लडाकुहरूलाई रकम बाँड्ने सरकारको योजनाले राज्यकोमा भार त पर्छ नै, यसले द्वन्द्व पीडितहरूमा थप आक्रोश र पीडा जन्माउँछ ।’ 

सरकारले पीडितका नाममा आफू निकटलाई मात्रै राहत बाँड्न नमिल्ने उनको भनाई थियो । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको थियो ।  कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ । लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ । जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ । यही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनेछ । 

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न कार्यदलको बैठक सुरू भएकाे छ ।...

.