हरेक शुक्रबार दश मिनेट सरसफाइ अभियान चलाउन स्वास्थ्य मन्त्रालयकाे अनुराेध

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सरसफाई अभियान संचालन गरी अनुराेध गरेकाे छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेकाे हाे ।

‘डेंगी संक्रमणको नियन्त्रण गर्न हामी सवैले आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु गर्नुपर्ने हुन्छ । त्यसैले हामी बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन हामी सबै संवेदनशिल बन्नु पर्ने हुन्छ’ सूचनामा उल्लेख छ ।

डेंगी संक्रमण रोकथाम नियन्त्रण गर्न सकिने भएकोले यस अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले आफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय गर्न मन्त्रालयले अनुरोध गरेकाे छ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.