सर्वाधिक छिटो १०० विकेटको किर्तिमान राखेका लामिछानेलाई १ लाख नगद पुरस्कार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ओडिआईमा सर्वाधिक छिटो १०० विकेटको किर्तिमान राखेका स्पिनर सन्दीप लामिछानेलाई क्यानले एक लाख नगद पुरस्कार दिएको छ ।

क्यानले बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कतारविरुद्धको म्याचपछि सन्दीपलाई ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरेको हो । सन्दीपलाई उनको तस्वीरसहितको फोटो फ्रेम र ट्रफी दिइएको छ । कतारविरुद्धको म्याचमा अलराउन्डरको प्रदर्शन गरेका सन्दीप प्लेयर अफ दी म्याच समेत बनेका छन् ।

उनले ब्याटिङमा सर्वाधिक ४२ रन बनाएका थिए भने बलिङमा ५ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनको बलमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाईनलमा पुगेको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग

काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।   विगत चार...

सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको समय सीमा आज सकिँदैछ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सरकार गठन प्रक्रिया अनिर्णयको...

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइट डाउन भएको छ । आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन् ।   राष्ट्रिय सूचना...

धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।   धनकुटा नगरपालिका- १० का...

प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले संघीयता सबल हुन्छ : मुख्यमन्त्री यादव

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएका छन् ।...

आयरल्याण्ड उल्भ्ससँग नेपाल १ सय १४ रनले पराजित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय १४ रनले पराजित गरेको छ ।   कीर्तिपुरस्थित...

.