सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

स्टार संवाददाता
स्टार संवाददाता

पोखरा । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरेका थिए । पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत हेरेर भोलिमात्र सपथ लिने बताएका छन् ।

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

.