कतारविरुद्ध १५७ रनमै समेटियो नेपाल, सन्दीपले बनाए सर्वाधिक रन


काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा घरेलु टोली नेपालले कतारलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५७ रनमै अलआउट भएको हो ।
पछिल्लो समय उच्च लयमा रहेको नेपाली ब्याटिङ कतार सामू अपत्यारिलो रुपमा धराशयी बन्यो । कतारी बलरसामू धरासायी बनेको नेपालको ब्याटिङ लाइन पुछारका ब्याटरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले सम्हाल्दै टिमको उद्धार गरे । नेपालका कुनै पनि ब्याट्सयानले ४० भन्दा माथिको स्कोर बनाउन सकेनन् । १० औं नम्बरमा आएका सन्दीप लामिछाने सबैभन्दा धेरै रन बनाए । सन्दीपले ५८ बलको सामना गर्दै सर्वाधिक ४२ रन बनाए भने सन्दीपलाई साथ दिएका ललितले १ रन जोडे । उनले १७ बलको सामना गरे ।
नेपालले अघिल्ला खेलको तुलनामा राम्रो सुरुवात गर्न सकेन । चार ओभरमै सुरुवाती दुई विकेट गुमायो । नेपालले २४ ओभर खेल्दा ६ विकेट गुमाएर ९२ रन मात्रै बनाउन सकेको थियो ।
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...