बलराम विश्वकर्मा ‘हिमालय लोकस्टार’को विजेता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को विजेता बलराम विश्वकर्मा भएका छन् । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रूपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेका छन्।

बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला रहेका थिए ।

विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे । प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित भए ।

उनले तीन लाख रूपैयाँ नगदसहित पुरस्कार गरे। यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै दुई लाख रूपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थियो ।

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

.