‘लोकतान्त्रिक र निर्णायक राजनीतिक शक्तिको रुपमा कांग्रेसलाई स्थापित गर्नेछौं’ : महामन्त्री थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपचुनावमा निर्वाचित तीनै जनालाई बधाई तथा शुभकामना दिएका छन् ।

थापाले बुधबार सामाजिक सञ्जालमार्फत चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने, तनहुँ एकबाट निर्वाचित रास्वपाका स्वर्णिम वाग्ले र बारा २ बाट निर्वाचित जसपाका उपेन्द्र यादवलाई बधाई दिएका हुन् ।

थापाले उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने आशा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले भनेका छन्, ‘पार्टीलाई रुपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं । र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको ‘समुन्नत नेपाल सम्मानित नेपाली’ को हाम्रो संकल्प पूरा गर्नेछौं ।’

‘आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु’, उनले भनेका छन्, ‘पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं ।’

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.