राष्ट्रियसभाबाट संसदीय सुनुवाइ समितिका लागि तीन जना सदस्य मनोनीत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा ३ जना सदस्यहरुको मनोनयन गरेको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना सदस्यहरुलाई मनोनयन गरेको हो ।

समितिमा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजङ्ग रायमाझी रहेका छन् ।

प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ ।

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरुलाई मनोनीत गर्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका थिए । अध्यक्ष तिमिल्सिनाले गरेका मनोनयन सिफारिस प्रस्तावलाई राष्ट्रियसभाले सहमति दिएको हो ।

समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रियसभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रियसभाका तीन जना गरी कूल १५ जना सदस्य रहने व्यवस्था छ । समितिको सभापति सदस्यमध्येबाट एक जना चयन हुने व्यवस्था छ ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट...

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१७ र यू-२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ...

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

.