‘अहिले हरेक कुरा अँध्यारोमात्र देख्ने प्रवृत्ति हाबी भएको छ’ : प्रधानमन्त्री प्रचण्ड

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक कुरामा नकारात्मक मात्र प्रचारप्रसारले राष्ट्र र जनताको मनोबललाई नै कमजोर पारेको बताएका छन् । बुधबार आयोजना एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिले हरेक कुरा अँध्यारोमात्र देख्ने प्रवृत्ति हाबी भएको बताएका हुन् ।

उनले भने, ‘हरेक चिज अँध्यारो मात्रै देख्ने प्रवृत्ति हाबी हुने हो कि भन्ने प्रश्न खडा भएको छ । सकारात्मक कुरा नदेख्ने प्रवृत्ति हाबी भएको छ । यसले राष्ट्रलाई, जनताको मनोबल, आत्मबल र विश्वासलाई कमजोर पार्ने र निकै ठूलो दुर्घटनातिर जाने खतरा हुन्छ । केही हुँदैन, केही सकिँदैन, सबै उस्तै हुन्, भन्ने विल्कुल अवैज्ञानिक सेन्टिमेन्टल आवेगात्मक विचार र भावना त्यागी इमान्दार प्रयास, सामूहिक संकल्प र पहल गर्दा असम्भव कुरा पनि सम्भव हुन्छ भन्ने विश्वास हामी सबैले लिनु छ । जनतालाई पनि त्यो विश्वास हामीले आफ्नो व्यवहारद्वारा दिलाउनु छ ।’

सञ्चारमाध्यमले पनि आलोचनात्मक तर रचनात्मक सूचना र सन्देश गरेर मात्र निराशाको स्थिति चिर्दै देशलाई विकास र समृद्धिको नयाँ बाटोमा लैजान सकिने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

.