आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।

विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । नेपाल विपोको सदस्य राष्ट्र हो ।

विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवर्द्धनक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ ।

विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।-रासस

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.