उपेन्द्र यादव भन्दा २ हजार ७५४ मतले पछाडि कुशवाह

स्टार संवाददाता
स्टार संवाददाता

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षले प्रतिद्वन्द्वीहरुसँगको अग्रतालाई बढाउँदै लगेका छन् ।

सुरूवातमा अग्रता बनाएर केहि समयका लागि जनमत पार्टीका शिवचन्द्र कुशवाहसँग पछाडि पारेका उपेन्द्र यादवले पछिल्लो पटक लिएको अग्रता कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले २२ हजार ५५२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जनमतका कुशवाहसँग २ हजार ७५४ मतको फराकिलो अन्तरले अगाडि छन् । कुशवाहले १९ हजार ७९८ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार ५०१ मत ल्याएका छन् । अहिले मतगणना जारी रहेको छ ।

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।   आज...

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द गरिने भएको छ ।   मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

पशुपति मन्दिरको भेटी चोरी प्रकरण : चारजनालाई पुर्पक्षको लागि थुनामा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ...

.