सेवाग्राहीद्वारा नापी कार्यालय धनुषाका कर्मचारीमाथी कुटपिट

स्टार संवाददाता
स्टार संवाददाता

धनुषा । नापी कार्यालय धनुषामा कार्यरत कर्मचारीमाथी सेवाग्राहीले हातपात गरेको छ । काम किन नगरिदिएको भन्दै एक सेवाग्राही केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयमा कार्यरत दुई कर्मचारीमाथी हातपात गरेका हुन् ।

कार्यालयमा पसेर लटु यादव नामक व्यक्तिको नेतृत्वमा आएको समूहले कार्यालय भित्रै पसेर एकाएक कर्मचारीमाथी हातपात गरे, नापी कार्यालय धनुषाका प्रमुख सुमनकिशोर मिश्रले भने ‘हामी काममा व्यस्त थियौँ लटु यादव लगायतका केही व्यक्तिहरु कार्यालयमा पसे र भरिएको पानीको बोतल प्रहार गर्नुका साथै थप्पड पनि हिर्काए ।’

नापीका कार्यालय प्रमुख मिश्रका अनुसार त्यहाँका कर्मचारीद्वय दिलिप साह र प्रदीप साह माथी हातपात गरेका थिए । कार्यालय प्रमुख मिश्रले भने ‘लटु यादवले आफ्नो ससुराको जग्गाको पूर्जा बनाई दिनका लागि भने, मैले विना सरजमिनको कुनै काम नगर्ने भनेपछि त्यसको भोलीपल्ट कार्यालय भित्र गुण्डाशैलीमा पसेर कर्मचारीमाथी हातपात गरे ।’

फिल्डबुकमा लटु यादवका ससुरा रामश्रेष्ठ यादवको नाममा जग्गा रहेपनि त्यो पाना काटिएकाले त्यसलाई सच्याउन सरजमिन गर्नैपर्ने अडान लिएपछि हातपात गरिएको नापी कार्यालयका कर्मचारीहरुले बताए । यता आफूहरु हातपात गर्नेमाथी सार्वजनिक अपराधको मुद्दा दिने तयारी गरेको कार्यालयका प्रमुख मिश्रले जानकारी दिए ।

राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग

काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।   विगत चार...

सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको समय सीमा आज सकिँदैछ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सरकार गठन प्रक्रिया अनिर्णयको...

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइट डाउन भएको छ । आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन् ।   राष्ट्रिय सूचना...

धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।   धनकुटा नगरपालिका- १० का...

प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले संघीयता सबल हुन्छ : मुख्यमन्त्री यादव

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएका छन् ।...

आयरल्याण्ड उल्भ्ससँग नेपाल १ सय १४ रनले पराजित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय १४ रनले पराजित गरेको छ ।   कीर्तिपुरस्थित...

.