प्रेम सुवालको प्रश्न – कम्पनीसँग पर्याप्त मल भए किन किसानको हातमा नपुर्‍याएको ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कृषि सामग्री कम्पनीसँग मल पर्याप्त रहेको जानकारी दिने तर किसानको हातमा किन नपुर्‍याएको भन्दै प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सम्बोधन गर्दै सांसद सुवालले युरिया मल ३७ हजार मेट्रिक टन, डिएपी १९ हजार मेट्रिकटन, साल्ट टेडिङसँग युरिया र डिएपी २१ हजार मेट्रिकटन भएको सार्वजनिक भएपनि देशभरका किसान मल नपाएर चिन्तामा रहेको बताएका हुन् ।

रासायनिक मल खरिदका लागि सरकारले १६ अर्ब ५० करोड पशुपक्षी तथा कृषि मन्त्रालयलाई अझै निकासा नदिएको उनको भनाई थियो । सरकारले किसानलाई समयमा मल नदिने तर भारतबाट विषादी मिसिएको चामल दाल आयात गर्ने गरेको आरोप समेत सांसद सुवाल लगाएका छन् ।

समयमै किसानको हातमा मल नपुर्‍याई कम्पनी र कर्पोरेशनको गोदाममा मल कुहाउने यो सरकार किसान विरोधी किन हैन भन्दै प्रश्न गरे । विषादी भएको दाल चामल खाद्यान्न भारतबाट ल्याएर खुवाउन यो गठबन्धन सरकार बनाइएको हो भनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराएका छन् ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.