रास्वपा सांसद ढाका कुमार श्रेष्ठ आजबाट पदमुक्त


काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन् । केहीबेरमा सूरू हुने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सभामुखले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने तय भएको हो ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।
श्रेष्ठ रास्वपामा समानुुपातिक कोटामा आएका सांसद हुन् । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।
एनएसएल : झापा र काठमाडौंबीचको खेलमा गोलरहित बराबरी
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो संस्करणको खेलमा झापा एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन्...
घुस लिँदै गरेको अवस्थामा सई पक्राउ
काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...
काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य
काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...
कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल
काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...