‘सरकारमा जाँदैनौं, समर्थन कायम राख्नुपर्ने कारण छैन’ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँगको कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।
उनलले भने, ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावनै छैन ।’ सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए । तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै ४४ हजार ४८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ३६ हजार २११ मतले पछि पारेका छन् । नेपाली कांग्रेसका श्रेष्ठले ८ हजार २७५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन् ।
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...