फ्लाई दुबईको जहाज आगलागीपछि त्रिभुवन विमानस्थल केहीबेर तनावग्रस्त, हेर्नुहोस् तस्वीरमा !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । दुबईका लागि उडेको जहाजमा आगलागी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर तनावग्रस्त भएको छ ।

सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्केो इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

इन्जिनमा समस्या देखिएको भनिएको जहाज सकुशल अवतरण भएको र सबै यात्रु सुरक्षित रहेको खबर आएको छ । यद्यपि, प्रारम्भिक खबर आउन बाँकी छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाजमा १७५ जना यात्रु छन्, जसमा ४९ नेपाली रहेका छन् । जहाज युएईतर्फ गएको तर, अवतरण नभयको प्रवक्ता सिटौलाले पुष्टि गरेका छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

attachment_id=770353804708179&message_id=mid.%24gABUTbBsiRBWN5VxUHWHtBaDBg7DM&thread_id=5932329543549973

attachment_id=590572653042315&message_id=mid.%24gABUTbBsiRBWN5Xdbu2HtDEBH8KRt&thread_id=5932329543549973

attachment_id=3040915266211603&message_id=mid.%24gABUTbBsiRBWN5W6fKGHtCjnh6BI3&thread_id=5932329543549973

attachment_id=1325735278283798&message_id=mid.%24gABUTbBsiRBWN5Vr4GmHtBIoUnyHw&thread_id=5932329543549973

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

काठमाडाैं । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् ।   समाजवादी पार्टीले आज विज्ञप्ति जारी गरी...

‘बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् पशुपतिशमशेर जबराले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न...

सांसद् केसीको दाबी-संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् ।   आज बसेकाे प्रतिनिधिसभा...

.